SHARE
कालिका खबर · मङगलबार १२ साउन २०८३ ०२:४० AM · 1 मिनेट पढाइ

सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट

सोलुखुम्बु । सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकाको जुनियर राष्ट्रिय कराँते टोली (टिम यूएसए) मा छनोट भएकी छन् । अमेरिकाको वासिङ्टन राज्यस्थित स्पोकेनमा जुलाई १६ देखि १९ सम्म सम्पन्न २०२६ यूएसए कराँते राष्ट्रिय च्याम्पियनसिप अन्तर्गत ४७ किलोको टोली कुमिते विधामा स्वर्ण पदक जित्दै उनी टिम यूएसएमा छनोट भएकी हुन् । अब शेर्पाले आगामी अगस्ट २४ देखि ३० सम्म कोस्टा रिकामा हुने २०२६ प्यान अमेरिकन कराँते च्याम्पियनसिपमा संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व गर्नेछिन् ।