SHARE
कालिका खबर · सोमबार ११ साउन २०८३ ०७:५५ AM · 1 मिनेट पढाइ

आँटिला प्रधानमन्त्री, विद्वान अर्थमन्त्रीबाट युवाले आमूल सुधारको अपेक्षा गरेका छन्ः बाबुराम भट्टराई

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले आँटिला प्रधानमन्त्री, विद्वान अर्थमन्त्री र गभर्नरबाट युवाले वित्तीय क्षेत्रमा आमूल सुधारको अपेक्षा गरेको बताएका छन्। सङ्गिन घडीमा नेपाली जनता र मुख्यतः युवाहरूले यति अपेक्षा गर्नु किमार्थ अन्यथा नहुने उनको भनाइ छ। उनले लघुवित्त, मिटरब्याज, सहकारी, सुकुम्वासी, मुक्त कमैया र मुक्त हलियालगायतका समस्या एउटै गरिबी, बेरोजगारी र सामाजिक विभेदका फरक–फरक रूप भएको उल्लेख गरेका छन्। नेपालको बहुसङ्ख्यक जनसङ्ख्या यिनै समस्याबाट प्रभावित रहेको बताए।