काठमाडौंमा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ तीनथाना सडकखण्डमा स्कुटर र मिनी ट्रक आपसमा ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ। सोमबार बिहान २ः५८ बजे सतुंगलबाट कलंकीतर्फ आउँदै गरेको बा.प्र.०२–०३८ प ९८९७ नम्बरको स्कुटर र सोही दिशातर्फ आउँदै गरेको लु १ क ४२५६ नम्बरको मिनी ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका स्कुटर चालक र पछाडि सवार महिलालाई तत्काल उद्धार गरी कलंकीस्थित शहीद मेमोरियल अस्पताल पुर्याइएको थियो । दुवैको अवस्था गम्भीर भएपछि थप उपचारका लागि ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा रेफर गरिएको थियो ।
