SHARE
कालिका खबर · सोमबार ११ साउन २०८३ ०६:०६ AM · 1 मिनेट पढाइ

शिलालेख विवादपछि मन्त्री लम्सालको प्रतिक्रिया : ‘केपी ओलीले राखेको शिलान्यास पुनर्स्थापना गर्छौं’

काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास शिलालेख गायब भएको विषयमा व्यापक आलोचना भएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यासका बेला राखेको शिलालेख खोजेर पुनर्स्थापना गरिने बताएका छन् । सुरुङमार्ग उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लम्सालले शिलालेख हराएको विषयबारे आफूले जानकारी लिएको बताउँदै त्यसलाई खोजेर पुनः यथास्थानमा राखिने स्पष्ट पारे । तत्कालीन प्रधानमन्त्री ओलीले २०७६ साल कात्तिक ४ गते नागढुङ्गा सुरुङमार्गको शिलान्यास गरेका थिए । तर उक्त शिलालेख गायब बनाइएको भन्दै विभिन्न राजनीतिक वृत्त र सामाजिक सञ्जालमा प्रश्न उठेको थियो ।