SHARE
पर्दाफास · सोमबार ११ साउन २०८३ ०४:१० AM · 1 मिनेट पढाइ

हिरोको विद्युतीय ब्रान्ड ‘भिडा’ नेपालमा, अन्तर्राष्ट्रिय विस्तारको पहिलो गन्तव्य बन्यो नेपाल

भारतीय दुईपांग्रे सवारी निर्माता हिरो मोटोकर्पको विद्युतीय ब्रान्ड ‘भिडा’ले आफ्नो अन्तर्राष्ट्रिय विस्तारको पहिलो गन्तव्यका रूपमा नेपाली बजारमा औपचारिक प्रवेश गरेको छ । कम्पनीले चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्समार्फत आफ्ना विद्युतीय स्कुटर र अफ–रोड मोटरसाइकल नेपाली बजारमा उपलब्ध गराउने घोषणा गरेको हो ।