SHARE
पर्दाफास · आइबार​ १० साउन २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

कञ्चनपुरमा भारतको सहयोगमा विद्यालय भवन निर्माण सुरु

कञ्चनपुरमा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण सुरु गरिएको छ । भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण कार्य सुरु भएको हो । भवनको काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र भीमदत्त नगरपालिकाकी उपप्रमुख नीलम लेखक जोशीले संयुक्त रूपमा शिलान्यास गरे ।