SHARE
अन्नपूर्ण · शनिबार ९ साउन २०८३ ११:०० PM · 1 मिनेट पढाइ

अहिलेको सरकार भारत र अमेरिकाको प्रभावमा बनेको हो : बिजुक्छे

भक्तपुर : नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेले वर्तमान सरकार भारत र अमेरिकी सरकारले बनाएको आरोप लगाएका छन्। निओ फ्युजन स्कुल अफ कम्प्युटरको २१ औँ वार्षिक उत्सवको शनिबार भक्तपुरमा उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेले अहिलेको सरकार भारत र अमेरिकी सरकारको प्रभावमा बनेको दाबी गरे।उनले वर्तमान मन्त्रिपरिषदका सदस्यहरूलाई राज्य सञ्चालन, नीति निर्माण र संसदीय अभ्यासबारे पर्याप्त ज्ञान नभएको टिप्पणी पनि गरे।