SHARE
प्रदेश खबर · शनिबार ९ साउन २०८३ ०२:२६ PM · 1 मिनेट पढाइ

बेठी संस्कृतिको संरक्षणमा परम्परागत रोपाइँ, मताने बेँशीमा गुञ्जिए असारे भाका

पाँचथर : हराउँदै गएको बेठी संस्कृतिको संरक्षण गर्ने उद्देश्यले पाँचथरको फिदिम नगरपालिका–५ स्थित मताने बेँशीमा शनिबार परम्परागत शैलीमा बेठीसहित सामूहिक धान रोपाइँ गरिएको छ।