तीन वरिष्ठ न्यायाधीशलाई राजीनामा नदिए महाभियोगको धम्की !
काठमाडौं : सात दशक लामो इतिहास भएको सर्वोच्च अदालतका तीन जना वरिष्ठ न्यायाधीशलाई राजीनामा गर्न दबाब दिइएको र राजीनामा नगरे महाअभियोगको धम्की दिइएको अन्तर्राष्ट्रिय संस्थाहरूले सार्वजनिक गरेका छन्।वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाललाई राजीनामा दिन राजनीतिक दबाब दिइएको र उनीहरूले राजीनामा दिन अस्वीकार गरेमा महाअभियोगको धम्की दिइएको विश्वसनीय रिपोर्टहरू प्राप्त भएको अन्तर्राष्ट्रिय संस्थाहरूले दाबी गरेका छन्।
