सुतिरहेका बेला पहिरोले घर पुर्दा तीन वर्षीय बालकको मृत्यु, बाबु–आमा घाइते
मुगु : मुगुम कार्मारोङ गाउँपालिका–५ पालिका केन्द्र रहेको पुलु बजारमा पहिरोले घर पुरिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ । शुक्रबार बिहान करिब ४ बजे स्थानीय पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गर्दै आएका छायाँनाथ रारा नगरपालिका–१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सिर्जना बडुवाल र तीन वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा माथिबाट ढुङ्गासहितको पहिरो खस्दा मृत्यु भएको हो ।पहिरोमा परी जगनाथ र सिर्जनालाई सामान्य चोट लागेको छ ।
