मोरङमा नाबालिकाको बीभत्स हत्या: घरबाट हराएकी बालिकाको घारीमा शव भेटियो
विराटनगर : मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया नाबालिका कायानत खातुनको हत्या भएको अवस्थामा बीभत्स शव फेला परेको छ। उनी स्थानीय जफारुल मियाँकी छोरी हुन्।नाबालिका घरबाट हराएको केही समयपछि नजिकै रहेको घन्सीबारी (घाँसघारी) मा बीभत्स अवस्थामा शव भेटिएको हो। मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार शुक्रबार अपराह्न करिब ४ बजेदेखि बालिका हराएकी थिइन्।
