SHARE
अन्नपूर्ण · शनिबार ९ साउन २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

पाकिस्तानकाे एक सैन्य चौकीमा हमला, १२ सैनिकसहित १५ जनाको मृत्यु

काठमाडौं: पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित ट्यांक जिल्लामा रहेको सेना र प्रहरीको संयुक्त चौकी 'माझी खेल'मा बिहीबार राति चरमपन्थी समूहले गरेको आक्रमणमा परि १२ सैनिकसहित १५ जनाको मृत्यु भएको छ।मृतकमा दुई जना प्रहरी र एक जना वन अधिकारी समेत रहेका छन्। आक्रमणपछि सुरक्षा निकायले गरेको जवाफी कारबाहीमा १२ जना चरमपन्थी पनि मारिएका छन्।