SHARE
अन्नपूर्ण · शुक्रबार​ ८ साउन २०८३ १२:०० PM · 1 मिनेट पढाइ

अनशन तोड्न कसरी राजी भए सोनम वाङचुक ? पत्नी गीताञ्जली आङ्मोसँग कसले गर्यो कुरा ?

भारत : निट परीक्षा प्रश्नपत्र चुहावटको विरोधमा देशभर विद्यार्थी आन्दोलन चलिरहेका बेला केन्द्र सरकारले एउटा ठूलो उपलब्धि हासिल गरेको छ । सरकारबाट लिखित आश्वासन प्राप्त भएपछि प्रसिद्ध सामाजिक अभियन्ता सोनम वाङचुकले बिहीबार राति २६ दिनदेखि जारी रहेको आफ्नो अनिश्चितकालीन अनशन अन्त्य गरेका छन् ।गुरुग्रामस्थित मेदान्ता अस्पतालमा केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डा र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री डा. जितेन्द्र सिंहको उपस्थितिमा वाङचुकले जुस पिएर अनशन तोडे ।