SHARE
मकालु खबर · शुक्रबार​ ८ साउन २०८३ ०४:५५ AM · 1 मिनेट पढाइ

पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीः १० लडाकु मारिए

एजेन्सी । पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा सुरक्षा बलले सञ्चालन गरेको विशेष कारबाहीका क्रममा १० जना लडाकु मारिएका छन् । पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) काअनुसार विगत ४८ घण्टामा सुराब र मस्तुङ जिल्लामा गरिएका विभिन्न सैन्य कारबाहीका क्रममा ती लडाकुहरू मारिएका हुन् ।