SHARE
मकालु खबर · शुक्रबार​ ८ साउन २०८३ ११:२८ AM · 1 मिनेट पढाइ

सम्पदा पुनर्निर्माणमा मौलिकता जोगाउन प्रधानमन्त्रीको तदारुकता

काठमाडौं । नेपालका ऐतिहासिक तथा कलात्मक सम्पदाहरूको पुनर्निर्माणमा मौलिकता र गुणस्तर कायम गर्न प्रधानमन्त्रीले विशेष चासो देखाएका छन् । सम्पदा निर्माणका क्रममा मौलिक कला खस्किएको भन्दै सरोकारवालाले राखेको गुनासो सम्बोधन गर्न प्रधानमन्त्रीले नेपाल हस्तकला महासंघ र नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरूसँग संयुक्त छलफल गरेका छन् ।