SHARE
मकालु खबर · शुक्रबार​ ८ साउन २०८३ ११:३७ AM · 1 मिनेट पढाइ

प्रदेश विवादबारे प्रचण्डले भने–हामीलाई सरकार चाहिएको छैन, चलाइ राख्नुस्

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले पार्टीको आवश्यकता सरकार बनाउनु नरहेको स्पष्ट पारेका छन् । शुक्रवार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा काठमाडौंमा आयोजित ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरुको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।