SHARE
मकालु खबर · शुक्रबार​ ८ साउन २०८३ ०४:५९ AM · 1 मिनेट पढाइ

इरान र इराकबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षा सुदृढ गर्ने सहमति

एजेन्सी । इरान र इराकले द्विपक्षीय सम्बन्ध विस्तार तथा क्षेत्रीय सुरक्षा सुदृढीकरणका लागि एक सम्झौता र तीन वटा समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् । इरानको सरकारी समाचार एजेन्सी इर्नाका अनुसार बिहीवार तेहरानमा आयोजित एक विशेष समारोहका बिच यी सहमतिहरू भएका हुन् ।