नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित, नेपाल शीर्ष चारको दौडमा पछि
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएपछि नेपालको शीर्ष चारभित्र रहेर विश्वकप छनोटमा सोझै पुग्ने सम्भावना थप कमजोर बनेको छ । लगातार दोस्रो खेलमा समान १ सय ५७ रनमै समेटिएको नेपाल ब्याटिङ र बलिङ दुवै विभागमा प्रभावहीन देखिएको हो।
