गण्डकीका दुई मन्त्रालयको वार्षिक प्रगति समीक्षा अगाडि बढ्यो
काठमाडौं । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले गत आवको प्रगति समीक्षासँगै चालु आवको कार्ययोजना तयारीलाई अगाडि बढाएका छन् । आज पोखरामा आयोजित दुवै मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा योजना कार्यान्वयन गरी पुँजीगत खर्चको प्रभावकारिता बढाउनुपर्नेमा जोड दिए ।
