SHARE
मकालु खबर · बिहीबार ७ साउन २०८३ ०२:१४ PM · 1 मिनेट पढाइ

चितवनमा गत एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता

काठमाडौं । चितवनमा गत आर्थिक वर्ष २०८२/८३ मा एक हजार ८७६ वटा मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय र मातहतका इलाका प्रहरी कार्यालयमा ती मुद्दा दर्ता भएका हुन् । प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार दर्ता भएका मुद्दामध्ये एक हजार २९२ मुद्दा फछ्र्यौट भएको छ ।