त्रिभुवन विमानस्थलबाट ८ केजी थाई गाँजासहित २ जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो गाँजासहित दुई भारतीय महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको मणिपुर राज्यका २० वर्षीया मोना देवी लोङजाम र २३ वर्षीया ओइनाम एली रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरोका सहप्रवक्ता जीवन निरौलाका अनुसार थाइल्यान्डको बैंककबाट थाई एयरको उडान नम्बर टीजी ३०९ मार्फत काठमाडौं आएका उनीहरूलाई पक्राउ गरिएको हो ।
