सूचना प्रविधि मेला आगामी मङ्सिरमा
काठमाडौँ । ‘डिजिटल’ रूपान्तरण, कृत्रिम बौद्धिकता (एआई), साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ र नयाँ प्रविधिबारे जानकारी दिने उद्देश्यले सूचना प्रविधिसम्बन्धी मेलाको आयोजना हुने भएको छ । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेसले आयोजना गर्ने उक्त मेलाको नाम ‘एनएएस आइटी एक्स्पो’ राखिएको छ । मेला आगामी मङ्सिर ५ र ६ गते (नोभेम्बर २१–२२) आयोजना हुनेछ ।
