SHARE
मकालु खबर · बुधबार ६ साउन २०८३ ०४:२४ PM · 1 मिनेट पढाइ

बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयको प्रगति ८२ प्रतिशत

काठमाडौं । बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयले एक वर्षे अवधिमा ८२ प्रतिशत उपलब्धि हासिल गरेको छ । मन्त्रालयका एक वर्षे कार्यकालका उपलब्धिबारे जानकारी दिन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रदेशका वन तथा वातावरणमन्त्री भरतबहादुर केसीले सो अवधिमा चालु खर्चतर्फ ७३ प्रतिशत र पुँजीगत खर्चमा ८६ प्रतिशत उपलब्धि हासिल भएको जानकारी दिए ।