नेपाल स्काउट अन्तरिम राष्ट्रिय कार्यकारी समितिको प्रमुख आयुक्तमा थापा नियुक्त
काठमाडौं । नेपाल स्काउट अन्तरिम राष्ट्रिय कार्यकारी समितिको प्रमुख आयुक्त पदमा सन्तोषकुमार थापा नियुक्त भएका छन् । सरकारले थापालाई नेपाल स्काउट अन्तरिम राष्ट्रिय कार्यकारी समितिको प्रमुख आयुक्त पदमा नियुक्त गरेको हो । उनलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नियुक्ति पत्र हस्तान्तरण गरेका छन् । पछिल्लो समय नेपाल स्काउटमा राजनीति हुँदा थिलोथिलो बनेको छ ।
