SHARE
मकालु खबर · बुधबार ६ साउन २०८३ ०२:५४ PM · 1 मिनेट पढाइ

जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद

काठमाडौं । दाङको बङ्गलाचुलीको एक जङ्गलबाट प्रहरीले आज ११ वटा अवैध भरुवा बन्दुक फेला पारेको छ । बङ्गलाचुली गाउँपालिका–८ स्थित घोरलभिर भनेर चिनिने पिपली जङ्गलको झाडीमा लुकाइ राखेको अवस्थामा ११ नाल अवैध भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डा हेमबहादुर केसील जानकारी दिए ।