SHARE
मकालु खबर · बुधबार ६ साउन २०८३ ०३:०२ PM · 1 मिनेट पढाइ

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या करिब हजार पुग्यो

काठमाडौं । कङ्गोमा फैलिएको इबोला प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या करिब एक हजार पुगेको छ । बुधबार सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार यस प्रकोपमा हालसम्म कम्तीमा ९९९ जनाको मृत्यु भएको छ । कङ्गोको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म देशमा दुई हजार ४७३ जना सङ्क्रमित भएका छन् भने ७३७ जना बिरामी आइसोलेसन र अस्पतालमा उपचाररत छन् ।