SHARE
मकालु खबर · बुधबार ६ साउन २०८३ ०१:२३ PM · 1 मिनेट पढाइ

मेस्सी उत्कृष्ट खेलाडी घोषित

काठमाडौँ । अन्तरराष्ट्रिय खेल पत्रकार महासङ्घ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई फिफा विश्वकप २०२६ को उत्कृष्ट खेलाडी घोषित गरेको छ । विश्वभरका १२१ देशका ४७२ खेल पत्रकारको सहभागितामा गरेको मतदानको आधारमा मेस्सीले उत्कृष्ट खेलाडी घोषित भएको एआइपीएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले बताए ।