SHARE
मकालु खबर · बुधबार ६ साउन २०८३ १२:२४ PM · 1 मिनेट पढाइ

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्: डा. रामवरण यादव

काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रको मर्म नबुझ्ने व्यक्तिहरू अहिलेको शासन सत्तामा रहेको टिप्पणी गरेका छन् । बुधवार काठमाडौँमा चक्रप्रसाद बास्तोला बौद्धिकता र विद्रोह नामक पुस्तक विमोचन समारोहमा उहाँले यस्तो टिप्पणी गरेका हुन् । पूर्वराष्ट्रपति यादवले भने ‘मलाई लागेको के हो भने अहिलेको शासन व्यवस्थामा लोकतन्त्रको मर्म नबुझ्ने मानिसहरू छन् ।