SHARE
मकालु खबर · बुधबार ६ साउन २०८३ १२:३४ PM · 1 मिनेट पढाइ

पानीट्याङ्कीका मृतक दुवैको पहिचान खुल्यो

दाङ । तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरकोल पानी ट्याङ्कीमा मृत्यु भएका दुवै जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा सल्यान माल्टा घर भई हाल तुलसीपुर उपमहानगरपालिका–९ दोघरका कमल गिरी र घनश्याम गिरी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए ।