बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
विराटनगर । कोशी प्रदेशमा बालविवाह नियन्त्रणका लागि विद्यालय केन्द्रित विशेष अभियान सञ्चालन गर्न लागिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै कार्यक्रम सञ्चालनको तयारी गरेको जनाएको छ । मन्त्रालयका सचिव उद्धव रिजालका अनुसार प्रदेशका एक हजार २०० भन्दा बढी विद्यालयमा उक्त अभियान सञ्चालन गरिनेछ ।
