SHARE
मकालु खबर · बुधबार ६ साउन २०८३ १२:४४ PM · 1 मिनेट पढाइ

कांग्रेस विभाजन उन्मुखः इतर पक्षले बोलायो साउन २९ गते राष्ट्रिय भेला

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाको घोषणा गरेको छ। बिपी स्मृति दिवसको अवसरमा आज छुट्टै कार्यक्रम गर्दै नेता प्रकाशमान सिंहले भेलाको मिति साउन २९ र स्थान काठमाडौं तय गरेको घोषणा गरेका हुन् । नेता सिंहले १५ औँ महाधिवेशन एकताको बनाउनुपर्ने पक्षमा आफूहरू रहेको बताए ।