SHARE
मकालु खबर · बुधबार ६ साउन २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले बिहानदेखि साँझसम्म राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा उपलब्ध गराउने भएको छ । सो सेवा बिहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ । आज एक सूचना जारी गर्दै बिहीबारदेखि सो सुविधा दिन लागिएको जनाएको छ ।