प्रधानमन्त्रीलाई दम्भ र अहंकार त्याग्न नेता सिटौलाको चेतावनी
काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री बालेन्द्र साहलाई अहंकार र दम्भको राजनीति त्याग्न चेतावनी दिएका छन् । वीपी कोईराला स्मृति दिवसका अवसरमा बुधवार काठमाडौंमा पार्टीको संस्थापनइतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन दिँदै उनले यस्तो चेतावनी दिएका हुन् । उनले एक्लै हिँडने राजनीति नगर्न समेत प्रधानमन्त्री साहलाई आग्रह गरे ।
