SHARE
मकालु खबर · बुधबार ६ साउन २०८३ ११:३२ AM · 1 मिनेट पढाइ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

काठमाडौं । नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधिसँग त्यहाँको विकास निर्माणको अवस्था, स्थानीय तहले भोगिरहेका समस्या, नागरिकका गुनासा तथा अपेक्षाबारे विस्तृत छलफल गरेका छन् ।