SHARE
मकालु खबर · बुधबार ६ साउन २०८३ ११:५० AM · 1 मिनेट पढाइ

सरकारी विज्ञापन निजी मिडियालाई नदिने सरकारको निर्णय सर्वोच्चद्वारा बदर

काठमाडौं । सरकारी विज्ञापन र सूचनाहरू सरकारी स्वामित्वका सञ्चार माध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले उक्त निर्णय बदर गर्दै मितव्ययिताका नाममा कानुन मिच्न नमिल्ने जनाएको छ । गत असार ३० गते भएको फैसलाको पूर्णपाठ हालै मात्रै सार्वजनिक भएको हो ।