SHARE
मकालु खबर · बुधबार ६ साउन २०८३ १०:१६ AM · 1 मिनेट पढाइ

सुकुम्बासीलाई गृहजिल्ला फर्काउँदै सरकार

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनाराबाट हटाइएका सुकुम्बासीलाई गृहजिल्ला फर्काउने भएको छ । आज एक सूचना जारी गर्दै भूमि समस्या समाधान समितिले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूलाई सम्बन्धित जिल्ला समिति वा पालिकामा सम्पर्क गर्न भनेको छ । समितिले सूचनामा विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका २९ जनाको नामावली सार्वजनिक गरेको छ ।