SHARE
मकालु खबर · बुधबार ६ साउन २०८३ १०:१८ AM · 1 मिनेट पढाइ

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को आवेदन खुला, नयाँ विधा ‘मिसेस नेपाल कस्मो’ थपियो

काठमाडौँ । विवाहित महिलाहरूको क्षमता प्रदर्शन र सशक्तीकरणको क्षेत्रमा क्रियाशील सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड’ को नयाँ संस्करण २०२६ को औपचारिक घोषणा गरिएको छ । आयोजक रिबन इन्टरटेनमेन्टले राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको आवेदन खुला भएको र आगामी साउन २३ गतेबाट छनोट प्रक्रिया सुरु हुने जानकारी दिएको हो ।