कांग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिऊँ, नयाँ पार्टी निर्माण गरौँ: मोहन बस्नेत
काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले राष्ट्रिय भेला घोषणा गरेर नयाँ पार्टी निर्माणको प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् । बिपी स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा संस्थापन इतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै बस्नेतले पार्टी एकताको सम्भावना कमजोर बन्दै गएको भन्दै अब नयाँ ढंगले अघि बढ्नुपर्ने धारणा राखे ।
