SHARE
मकालु खबर · बुधबार ६ साउन २०८३ १०:४३ AM · 1 मिनेट पढाइ

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

कर्णाली । आमनेपालीले जुम्लामा उत्पादन भएका स्याउ रुचाउन थालेका छन् । चिकित्सक स्याउलाई उच्चकोटीको फल मान्दछन् । स्याउको बोक्रा नतासिकन खाँदा पर्याप्तमात्रामा फाइबार पाइने भएकाले पेटसम्बन्धी रोग नलाग्ने बताइन्छ । जुम्लामा गत आव २०८२/८३ मा एक करोड ८२ लाख ४५ हजार केजी स्याउ उत्पादन भएको थियो ।