पर्यटनमन्त्री पौडेलद्वारा मझगाउँ विमानस्थल अवलोकन
महेन्द्रनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित मझगाउँ विमानस्थलको स्थलगत अवलोकन गरेका छन् । मन्त्री पौडेलले आज स्थलगत अवलोकन गर्दै विमानस्थल पुनः सञ्चालनका लागि भइरहेको प्रगति र बाँकी रहेका कामबारे सम्बन्धित जानकारी लिएका थिए ।
