SHARE
मकालु खबर · बुधबार ६ साउन २०८३ ०९:४२ AM · 1 मिनेट पढाइ

नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा भीम खतिवडा

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा भीम खतिवडाको नाम टुङ्गो लागेको छ। विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस समितिले गरेको सिफारिस अनुसार विश्वविद्यालयको उपकुलपतिमा खतिवडाको नाम टुङ्गो लगाएको हो। समितिले कुलपति समक्ष सिफारिस गर्ने र कुलपतिले विश्वविद्यालयमा एक जनालाई उपकुलपतिमा नियुक्तसम्बन्धी निर्णय गर्ने व्यवस्था छ।