लगानी बोर्डको सीईओका लागि ८ जना सर्टलिस्टमा
काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ८ जना सर्टलिस्टमा परेका छन् । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि गठित सिफारिस समितिले आठ जना उम्मेदवारको व्यावसायिक कार्य योजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाएको हो । सर्टलिस्टमा परेका ८ जनाको बिहीबार र शुक्रबार अन्तरवार्ता हुनेछ ।
