नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९५ अङ्कले घटेर दुई हजार ७१२ दशमलव ५४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव १० अङ्कले घटेर ४७० दशमलव ३१ मा पुगेको छ ।
