SHARE
मकालु खबर · बुधबार ६ साउन २०८३ ०८:२५ AM · 1 मिनेट पढाइ

प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्की सङ्गठित अपराधसम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएका छन् । सङ्घीय अनुसन्धान ब्युरो (एफबिआइ) र रोयल थाई पुलिसको आयोजनामा थाइल्याण्डको बैंककमा यही साउन ४ र ५ गते सो सम्मेलन भएको थियो ।