SHARE
पर्दाफास · बुधबार ६ साउन २०८३ ०७:०८ AM · 1 मिनेट पढाइ

मिटरब्याजीसँगको जग्गा विवादमा एकै परिवारका चार जना कुटिए

सर्लाहीको बसबरिया गाउँपालिका–२ निवासी इन्दल सहनी मिटरब्याजीसँगको जग्गा विवादका क्रममा भएको कुटपिटबाट गम्भीर घाइते भएका छन्। घटनामा सहनीसहित उनका दुई छोरा र श्रीमती गरी एकै परिवारका चार जना घाइते भएका छन्। पीडित पक्षका अनुसार इन्दल सहनीले केही वर्षअघि लक्ष्मी कुर्मी राउतसँग ८ लाख रुपैयाँ ऋण लिएका थिए।