SHARE
मकालु खबर · बुधबार ६ साउन २०८३ ०१:१२ AM · 1 मिनेट पढाइ

लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले लागू औषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीका अनुसार काठमाडौँ, मकवानपुर, बारा, धनकुटा, कैलाली र रुपन्देहीबाट खैरो हेरोइन, ब्राउन सुगर, गाँजा, नाइट्राजेपाम र ट्रामाडोलसहित उनीहरूलाई पक्राउ गरिएको हो ।