SHARE
मकालु खबर · मङगलबार ५ साउन २०८३ ०४:२० PM · 1 मिनेट पढाइ

लिग २ क्रिकेटमा नेपालको खराब सुरुआत, नामिबियासँग ८ विकेटले पराजित

काठमाडौं । ब्याटिङ र बलिङ दुबैमा असफल भएपछि नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गत आठौं त्रिकोणात्मक श्रृंखलामा खराब सुरुआत गरेको छ । आज आफ्नो पहिलो खेलमा नेपालले नामिबियासँग ८ विकेटको हार बेहोरेको छ । नेपालले दिएको १५८ रनको लक्ष्य नामिबियाले ३७।३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।