SHARE
मकालु खबर · मङगलबार ५ साउन २०८३ ०४:३५ PM · 1 मिनेट पढाइ

उच्च अदालत सुर्खेतमा जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

काठमाडौं । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क सार्वजनिक गरेको छ । उच्च अदालत सुर्खेत तथा मातहतका जिल्ला अदालतको आर्थिक वर्ष २०८२/८३ मा भए गरेका काम कारबाहीको वार्षिक प्रगति विवरण आज वीरेन्द्रनगरमा सार्वजनिक गर्दै उक्त अदालतले जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या सबैभन्दा बढी रहेको बताएको हो ।