काठमाडौं उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
काठमाडौं । काठमाडौं उपत्यकामा १९ प्रतिशतले दुर्घटनामा कमी आएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा आठ हजार ८८१ सडक दुर्घटना भएकामा आव २०८१/८२ मा सात हजार १६९ र आव २०८२/८३ मा पाँच हजार ८०३ रहेको छ ।
