SHARE
मकालु खबर · मङगलबार ५ साउन २०८३ ०२:२४ PM · 1 मिनेट पढाइ

धर्नामा बसेकी विनु र महिलामन्त्री वादीबीच भेटवार्ता

काठमाडौं । सिंहदरबारको मूल प्रवेशद्वारमा धर्नामा बसेकी विनु यादवसँग महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले भेटवार्ता गरेकी छन् । मन्त्रालयमा आज भेटवार्तामा यादवले आफूले उठाउँदै आएका माग, न्याय प्राप्तिसम्बन्धी सरोकार, स्वास्थ्य उपचार, जीविकोपार्जन तथा आफ्ना मुद्दासँग सम्बन्धित विषयहरू मन्त्रीसमक्ष राखेकी छन् ।